दफा २४
रोक्का वा जफत नगरिने
: सैनिक अदालत बाहेक अन्य अदालत वा अर्ध न्यायिक अधिकारीको निर्णय, फैसला वा आदेशले यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले आफ्नो कर्तव्य पालनको सिलसिलामा प्रयोग गरेका हात हतियार, लत्ताकपडा, सैनिक सरसामान, जनावर, सवारी साधन र मालसामान लगायत तलब, भत्ता पूर्ण वा आंशिक रूपमा रोक्का वा जफत गरिने छैन ।